लेखनाथ । महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराका साथ यहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमा आयोजना हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव सञ्चालनको मिति नजिकिंदै गर्दा यस क्षेत्रका विभिन्न आमा÷महिला समुहहरु, विभिन्न भाषा भाषी र जातजातीहरु आफ्नो मौलीक संस्कार र संस्कृतिको प्रर्दशनको तयारीमा जुटेका छन भने साना देखी ठुला व्यवसायीहरु व्यापार व्यवसायको प्रर्वद्धन एवं उत्पादन बिक्रि वितरणका लागी जुट्दैछन् ।
महोत्सवको पनि महोत्सवको रुपमा चर्चा कमाएको लेखनाथ महोत्सव आफैंमा एउटा व्राण्ड बनिसकेको संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजुको दावी छ । ‘‘सुन्तला प्रर्दशनीदेखी १९ औं संस्करणको लेखनाथ महोत्सवसम्म आईपुग्दा हाम्रा अग्रज व्यवसायीहरु, शुभचिन्तकहरु, विभिन्न जातजाती, भाषा भाषी, आमा÷महिला समुहहरु एवं सम्पुर्ण लेखनाथवासीहरु एकतावद्ध भएर गरेको योगदान अतुलनीय छ’’–संयोजक सुवेदीले भने ।

‘‘जब लेखनाथ महोत्सवको मिति नजिकिन्छ तब सम्पुर्ण लेखनाथवासीहरुले महोत्सवलाई एउटा पर्वको रुपमा मनाउँछन, बालकदेखी वृद्ध सबैलाई महोत्सवको रौनकले छुने गर्दछ, लेखनाथ महोत्सवमा देखीने एकता सद्भाव विरलै अन्य मेला महोत्सवहरुमा देख्न पाईन्छ, सम्पुर्णमा लेखनाथ महोत्सव हाम्रो हो भन्ने अपनत्वको भावना रहेको पाइन्छ, यसैले गर्दा लेखनाथ महोत्सव आफैंमा एउटा ब्राण्ड हो, यसको उचाईलाई कसरी कायम राखिरहने भन्नेमा हामी सबै सजग छौं’’–सुवेदीले भने ।
देशको अर्थतन्त्र शिथिल अवस्थामा रहेकाले महोत्सव गर्न चुनौतीपुर्ण रहेपनि विभिन्न व्यवसायीक प्रतिष्ठानहरु एवं व्यवसायीहरुको तर्फबाट महोत्सवलाई राम्रो साथ मिलेकोले मेला सफलतापुर्वक सम्पन्न गर्न आफुहरु उत्साहित रहेको उनले वताए । महोत्सव सञ्चालनले यस क्षेत्रको आर्थिक गतिविधि वढाउने र आर्थिक चलयमान भई व्यवसायीहरुमा उत्साह थपिने सुवेदीले बताए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।




Comments are closed.