काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको शिक्षा, शिप विकास र रोजगार समितिको सदस्यमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निवर्तमान अध्यक्ष प्रकाश पाण्डे नियुक्त भएका छन् ।
महासंघ कार्यकारीणी समिति सदस्य गोपाल खनालको सभापतित्वमा रहेको समितिले बुधबार पूर्णता पाएको हो । सोही क्रममा पाण्डे पनि नियुक्त भएका हुन् ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाण्डेलाई नियुक्त गरेका हुन् ।

मनोनीत भएका समितिका सल्लाहकार तथा सदस्यहरुलाई अध्यक्ष ढकालले मनोनयन पत्र प्रदान गरेका छन् ।




Comments are closed.