एन आई सी एशिया लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने

एन आई सी एशिया बैंकको तर्फबाट मनोनित दिपक ढकाल सञ्चालकमा निर्वाचित

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

साधारण सभाले संस्थाको शेयरधनीलाई चुक्ता पूँजीको १५% का दरले २६ करोड ९ लाख १६ हजार मात्र नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् ।नवनियुक्त सञ्चालक दिपक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।

footwear zone

बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यानुभव रहेका ढकाल एन आई सी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् र निजको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन  थप सहयोग पुग्ने ले विश्वास लिएको छ ।

You might also like

Comments are closed.