लेखनाथ महोत्सवमा सोमबार १ करोडभन्दा बढीको कारोबार

लेखनाथ । लेखनाथ महोत्सवमा दर्शकको आकर्षण बढ्दै गएको छ । सोमबार ४० हजार दर्शकले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । सोमबार महोत्सवमा १ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको उनले जानकारी दिए । सोमबार क्रिसमस डे बिदाको दिन समेत परेकाले महोत्सवमा दर्शकहरुको संख्या वढेको र यसले कारोबारमा समेत वृद्धि भएको सुवेदीले बताए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ३ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र चौंथो दिन ६० लाख र पाँचौ दिन सोमबार १ करोड भन्दा माथी गरी हालसम्म झण्डै ४ करोड बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

सोमबार लोकदोहोरी कलाकारहरु सम्झना लामिछाने मगर, जिवन दाहाल, क्षत्र शाही, काजल जोशी, श्रीराम अधिकारी, माया गुरुङ, रामजी पौडेल, परशुराम अधिकारी र कमला गैरे लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज, सन्तोष बस्याल र ऋतु कंडेल लगायतले स्टेज तताएका थिए ।

footwear zone

महोत्सवमा मंगलबार लोकदोहोरी कलाकारहरु प्रजापति पराजुली, राजु गुरुङ, आयुषा गौतम, राजन कार्की, शिवहरी ढुंगाना, अमर धिताल, पार्वती गुरुङ र मधु थापा मगर लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ पोखरेली माग्ने बुढा÷धुर्मुस युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुती रहनेछ । यस्तै बेलुका लाईभ कन्सर्टमा रचना रिमाल, टिका प्रसाई र एन एन एस व्यण्डले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

स्टेज कार्यक्रमको रमाइलोदेखि महोत्सवमा राखिएका विविध प्रकारका स्टलहरुले दर्शकलाई आकर्षण गर्न सफल भएको संघका महासचिव जानुका पराजुलीले बताइन् । ‘लेखनाथ महोत्सवको पहिचान भनेकै विविधता हो । यहाँको विविधताले दर्शकलाई आकर्षण गर्न सफल छ ।’

साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन भइरहेका छन् ।

पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।

You might also like

Comments are closed.