‘फेसियल हाउस’ १६औँ वर्षमा प्रवेश

काठमाडौं । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस आजदेखि १६औँ वर्षमा प्रवेश गरेको छ । फेसियल हाउसले काठमाडौंमा सोमबार विशेष समारोह आयोजना गरी आफ्नो १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित भव्य समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति थियो ।

यसैगरी, ओमन कम्युनिटी यूएनई यूएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह, फेसियल हाउसका संरक्षक एवम् वरिष्ठ पत्रकार उज्ज्वलजंग शाह र नेपाल पार्टी प्यालेस संघका अध्यक्ष लिला जिसीलगायत अतिथिहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सौन्दर्यकर्मीहरूको उपस्थिति थियो ।

footwear zone

समारोहमा फेसियल हाउसका संरक्षक उज्ज्वल जंग शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली र अन्य अतिथिहरूका साथमा प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले केक काटेर कार्यक्रमको उद्घाटन गरिन् । वार्षिकोत्सव समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो । डकुमेन्ट्रीमार्फत सौन्दर्य क्षेत्रमा प्रवेश गर्नेे नयाँ व्यक्तिलाई केही नयाँ टिप्स र सकारात्मक सन्देश दिने प्रयास गरिएको प्रबन्ध निर्देशक महराले जानकारी दिइन् ।

समारोहमा प्रमुख अतिथि पर्यटनमन्त्री सुशीला सिर्पाली तथा अतिथिद्वय सांसद ज्ञानेन्द्र शाही र पूर्वसांसद नवीना लामाले सङ्क्षिप्त मन्तव्य व्यक्त गरे । मनोरञ्जन प्रदान गर्न गायनतर्फ लोकगायक बद्री पङ्गेनी, खुमन अधिकारी र सृजना कुँवर तथा नृत्यतर्फ टीम इन्टरटेन्टमेन्ट समूहको उपस्थिति थियो । कार्यक्रममा क्रेजी नोट्स व्याण्डका गीतहरू पनि गुञ्जेका थिए ।

हास्य कलाकारनद्वय राजा राजेन्द्र पोखरेल र राधिका कँडेलले कार्यक्रम संचालन गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा स्टुडेन्ट र स्टाफ इन्करेज अवार्डका साथै विभिन्न व्यक्तिहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको छ । जस अनुसार ‘बेष्ट स्किन केयर अवार्ड, २०२३’ बाट जेनी तामाङ, ईश्वरी कुमारी जोशी र पुनम घर्तीमगर सम्मानित भए । यस्तै, ‘बेष्ट केयर टेकर अवार्ड, २०२३’ बाट कमल ठाकुर, ‘बेष्ट म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट रक्षा बोहोरा र ‘बेष्ट बिह्याबियर एण्ड भ्यालुज अवार्ड, २०२३’ बाट शोभा थापा मक्राती सम्मानित भए ।

यसैगरी, ‘बेष्ट प्रफमर अवार्ड, २०२३’ बाट गरिमा शाही, जीवन चौधरी, मनोज ठाकुर, कञ्चन साउद र अंकिता लामालाई सम्मान गरिएको छ । त्यस्तै, ‘बेष्ट अल राउण्डर प्रफमर अवार्ड, २०२३’ बाट दुर्गा ढुङ्गाना ‘आस्था’, ‘बेष्ट प्रफमेन्स अवार्ड अफ द इयर, २०२३’ बाट प्रमिला खाती, ‘बेष्ट पङ्चुअल टाइम एण्ड म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट अस्मिता थापा र ‘बेष्ट स्माइल प्रफमेन्स अवार्ड, २०२३’ बाट प्रीती रानालाई सम्मान गरिएको छ ।

यसैगरी, ‘एन एप्रिसिएशन अवार्ड, २०२३ फर द म्यानेजमेन्ट टीम अफ फेसियल हाउस’ बाट प्रभा थापा, सजुला चौधरी, बिगेन्द्र तामाङ र नमिना श्रेष्ठ सम्मानित भएका छन् । यस्तै, यो वर्षको ‘बेष्ट स्टुडेन्ट अवार्ड अफ द इएयर, २०२३’ बाट अनिता कुमारी साउदलाई सम्मान गरिएको छ । फेसियल हाउसले हरेक वर्ष आफ्नो वार्षिकोत्सव समारोहमा उत्कृष्ट विद्यार्थीलाई यो अवार्ड प्रदान गर्ने गरेको छ ।

वार्षिकोत्सव समारोहलाई सिनोस, लिसाप, बोटोक्स नेपाल, एमआईकेटीएम ब्युटी केयर, मल्टी न्युट्रेशन प्रालि, नेल आर्ट ग्यालरी, हुन्छ डटकम, एलएलएफटी, ह्वाइट मिडिया र कर्पोरेट खबर डट कमले प्रायोजन गरेको थियो ।

महिला तथा पुरुषका लागि नेपालकै नम्बर वान ‘फेसियल हाउस’ को केन्द्रीय कार्यालय सुन्धारास्थित काठमाडौं मलमा अवस्थित छ । फेसियल हाउसका आउटलेटहरू बागदरबारस्थित सीटीसी मल (एकेडेमीसहित), चाबहिलको चुच्चेपाटीस्थित केएल टावर र गणेशथानमा छन् । यस्तै, उपत्यकाबाहिर, पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीमा आउटलेट सञ्चालनमा छन् । यस्तै, फेसियल हाउसले आफ्नो नयाँ आउटलेट चितवनमा पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

You might also like

Comments are closed.