फिस्टेल लजले ल्यायो न्यु इयर इभ स्पेशल प्याकेज

पोखरा । पोखरामा रहेको फिस्टेल लज वाइ अन्नपूर्णले डिसेम्बर ३१ लाई लक्षित गरि न्यु इयर इभ स्पेशल प्याकेज ल्याएको छ ।

एक रातको लागि सिंगल बेड रुमको १६ हजार रुपैयाँ र डबल बेडको २२ हजार रुपैयाँको प्याकेज सार्वजनिक गरिएको हो । २ रात (एक रात डिसेम्वर ३१ र अर्काे थप एक रात) का लागि २७ हजार रुपैयाँको प्याकेज ल्याइएको छ ।

प्याकेजमा वेलकम ड्रिङ्क्स, अनलिमिटेड स्यान्क्स, अर्लि वड ह्याप्पी आवर, तोकिएका पेय पदार्थमा वाइ वान गेन वान फ्रि अफर, आकर्षक डोर प्राइजेज, बोन फायर, ब्याण्ड, डिजे म्युजिक, गाला डिनर प्याकेजमा समावेश गरिएको छ ।

footwear zone

६ वर्षभन्दा तलका बच्चालाई कम्प्लिमेन्ट्री र ६ देखि १२ वर्षसम्मका बच्चलाई ५० प्रतिशत छुट उपलब्ध रहेको लजले जनाएको छ ।
फेवाताल पारी जंगलको काखमा रहेको लज आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै आइरहेको छ ।

You might also like

Comments are closed.