लेखनाथ । लेखनाथ, १५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सव आज समापन हुँदैछ । महोत्सवको एक समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्यले समापन गर्ने कार्यक्रम रहेकोे छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवको ११ औं दिन आईतबार मात्रै ८० लाख बराबरको कारोबार भएको र हालसम्म ८ करोड ५० लाखको कारोबार भएको प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए ।
यसै गरी महोत्सवको हालसम्म ३ लाख दर्शकहरुले अवलोकन गरेका छन् । आईतबार मात्रै २० हजार दर्शकले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले जानकारी दिईन् ।

हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखीएको दर्शकहरुको उपस्थीती र कारोबारले आफुहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले वताए ।
आईतबार लोकदोहोरी कलाकारहरु राजु परियार, जलुमाया गुरुङ, श्रीराम थापा, ईन्द्रा गुरुङ, मञ्जु वि.क., रामप्रसाद ढकाल, पुजा गुरुङ बाल कलाकार प्रिन्स लम्साल लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ पवन खतिवडा‘म्याकुरी’ र बेलुका लाईभ कन्सर्टमा र्यापर विवश जेके, डेभिड शंकर र ओम गुरुङ लगायतले स्टेज तताएका थिए ।
आईतबार लोकदोहोरी कलाकारहरु पार्वती जिसी, शिवहरी ढुंगाना, सुमन परियार, ध्रुव जि.सी, लक्ष्मी नेपाली, गगन गुरुङ, देवी महतो, दिपक अधिकारी, नविना सुवेदी र माधव चापागाई लगायतको प्रस्तुती रहनेछ ।
आईतबार कवि लेखनाथ पौड्यालको सम्म्झनामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कवि लेखनाथ पौड्यालको १४०औं जन्मजयन्तीको अवसरमा महोत्सवस्थलमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको जन्मघरमा कविको प्रतिमामा माल्यार्पण सहित उनका रचनाहरुको विषयमा चर्चा परिचर्चा गरिएको थियो ।




Comments are closed.