कामना सेवा विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पनन भएको छ । मंगलबार लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा साधारणसभा भएको हो ।

बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित भएको छ ।

साधारणसभाले आ.व. २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

footwear zone

साधारणसभामा सेयरधनीहरुले राखेका प्रश्नको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए ।

शेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिदै प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको तथा चालु आ.व.मा बैंकले शेयरधनीहरुको अपेक्षा बमोजिमको लक्ष्य हासिल गर्ने बताए ।

सभामा उपस्थित शेयरधनीहरुलाई बैंक सञ्चालक समितिका सदस्य भीप्रसाद तुलाचनले मन्तव्य मार्फत स्वागत गरेका थिए भने बैंकका कानुन विभाग प्रमुख डण्डपानी भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.