पोखरा । अधिकृत बिक्रेता संघ पोखरा को १७औं साधारण सभा तथा ९औं अधिवेशनले मनोजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका उनी यसअघि अधिकृत बिक्रेता संघकोव वरिष्ठ उपाध्यक्ष थिए ।
पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य मनोजकुमार श्रेष्ठ अध्यक्ष पदमा, कार्यसमिति सदस्य दिलिपकुमार श्रेष्ठ, महासचिव पदमा र कार्यसमिति सदस्य देबेन्सन प्रजु, सह– सचिब साथै साधारण सदस्य तेजेन्द्र पौडेल वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, उपाध्यक्षमा रवि सापकोटा, महासचिवमा दीलिपकुमार श्रेष्ठ, सहसचिवमा देवेन्सन प्रजु, कोषाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, सह कोषाध्यक्षमा ज्ञानेन्द्र गौतम चयन भएका छन् भने सदस्यहरुमा नवराज अधिकारी, विजेन्द्र शर्मा पौडेल, विनय राजभण्डारी, भेषराज चापागाईं र अमृत सापकोटा रहेका छन् ।






Comments are closed.