पोखरा । अधिकृत बिक्रेता संघ पोखराको १७औं साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ । पोखराको सिटी स्क्वायरमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।
अनिल श्रेष्ठको सभापतित्वमा तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्त, संस्थापक अध्यक्ष गोविन्द कर्माचार्य, महासंघका निबर्तमान अध्यक्ष सुरेश अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका उपसचिव दिलीप कुमार श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा अग्रज व्यवसायी भास्करदेव पाखिलेलाई सम्मान गरिएकोे थियो । संस्थाका सदस्यका छोराछोरीहरु मध्ये एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको छ ।
नयाँ कार्यसमिति सर्वसम्मत
उक्त साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । अध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बैठकबाट पदाधिकारीसमेत चयन भएको छ । संस्थामा वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, उपाध्यक्षमा रवि सापकोटा, महासचिवमा दिलीपकुमार श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ, उपसचिवमा देवेन्द्र प्रजू, सहकोषाध्यक्षमा ज्ञानेन्द्रनाथ गौतम निर्वाचित भएका छन् ।

सदस्यमा अमृत सापकोटा, भेषराज चापागाईं, विजेन्द्र शर्मा पौडेल, बिनय राजभण्डारी, नवराज अधिकारी निर्वाचित भएका छन् ।




Comments are closed.