पोखरा । अधिकृत बिक्रेता संघ पोखराको महासचिवमा युवा व्यवसायी दिलीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् । संघको १७औं साधारणसभा तथा नवौं अधिवेशनबाट कार्यसमितिमा निर्वाचित श्रेष्ठ कार्यसमितिको पहिलो बैठकबाट महासचिव निर्वाचित भएका हुन् ।
संघको महासचिवमा निर्वाचित गराउने सम्पूर्ण प्रति उनले आभार व्यक्त गरेका छन् । संघको सचिवालय व्यवस्थित गर्दै व्यावसायिक हकहितमा सक्रिय बन्ने उनले प्रतिबद्धता जनाएका छन् । उनी पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत हुन् ।
पोखराको सिटी स्क्वायरमा शनिबार साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

यस्तो छ नयाँ कार्यसमिति सर्वसम्मत
संघको साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । अध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बैठकबाट पदाधिकारीसमेत चयन भएको छ । संस्थामा वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, उपाध्यक्षमा रवि सापकोटा, महासचिवमा दिलीपकुमार श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ, उपसचिवमा देवेन्द्र प्रजू, सहकोषाध्यक्षमा ज्ञानेन्द्रनाथ गौतम निर्वाचित भएका छन् ।
सदस्यमा अमृत सापकोटा, भेषराज चापागाईं, विजेन्द्र शर्मा पौडेल, बिनय राजभण्डारी, नवराज अधिकारी निर्वाचित भएका छन् ।




Comments are closed.