काठमाडौं । मित्सुबिसीको लोकप्रिय एसयूभी पजेरोको उत्पादन आगामी अगस्ट देखि बन्द हुने भएको छ । कम्पनीले हाल यसको अन्तिम संस्करण बजारमा ल्याउने तयारी गरेको छ । अन्तिम संस्करणको मोडललाई स्मरणीय बनाउन यसमा युनिक टच दिने प्रयास गरिएको छ । यो ७ सय युनिट मात्र उत्पादन गरिने छ ।
यसमा रियर स्पोइलर तथा आल्मुनियम प्लेट र पजेरो लेटर राखिएको क्रोम स्पेयर टायर कभर र मड फ्ल्याप हुनेछ । यसको इन्टेरियरमा ७ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, रुफ रेल, इलेक्ट्रिक सनरुफ आदि हुनेछ ।
जापानमा उत्पादन गरिने पजेरोमा ३.२ लिटर डिजेल इन्जिन हुनेछ, जसले १९२ पीएस पावर र ४४१ एनएम टर्क दिनेछ । त्यसैगरी विश्वका विभिन्न भागमा २.४ देखि ३.८ लिटर सम्म इन्जिन भएका पजेरो उपलब्ध हुनेछ । हाल बजारमा उपलब्ध पजेरो पहिलो पटक सन् २००६ मा उपलब्ध भएको थियो । यसलाई २००९, २०१२ र २०१५ गरी विभिन्न अपडेट गरिएको छ ।




Comments are closed.