पोखरा १७ लाई पर्यटन हब बनाईनु पर्नेमा जोड

 

पोखरा, २२ बैशाख
पोखरा महानगरपालिका वडा नं. १७ लाई पर्यटन हब बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

पोखरा १७ छोरेपाटनमा रहेको धार्मिक पर्यटकीय प्रशिद्ध स्थल गुप्तेश्वर महादेव गुफाको ब्यवस्थापन समितिले आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा पोखरा १७ का वडा अध्यक्ष लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सो कुरा वताएका हुन् ।

footwear zone

पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष तिर्थराज अधिकारी सहित पुर्व अध्यक्ष खगराज शर्मा आचार्य, बरिष्ठ अधिवक्ता तिलकप्रसाद आचार्य, झपिन्द्रराज रेग्मी, पुण्डरी प्रसाद बराल, सुवास ढुंगाना, देवराज आचार्य, ओमबहादुर पौडेल, ऋतुनाथ लम्साल लगायतले पोखरा महानगरपालिका भित्र सबैभन्दा धेरै जनसंख्या भएको वडा र पर्यटकलाई धेरै समय भुल्न मिल्ने वातावरण भएकोले गर्दा पर्यटन हब वनाउनु पर्ने वताएका थिए ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा नववर्ष २०७६ सालको शुभकामना आदानप्रदान सहित भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष गोपाल बरालले र संचालन सचिव सचिव हरी प्रसाद लम्सालले गरेका थिए ।

You might also like

Comments are closed.