इलेक्ट गभर्नरलाई पत्र लेखेर सिनियर एडभाइजरबाट राजीनामा दिए शर्माले

पोखरा, ३ जेठ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको लायन वर्ष २०१९/२० का लागि सिनियर एडभाइजर पदमा मनोनित भएका एकनारायण शर्माले पदबाट राजीनामा दिएका छन् । इलेक्ट गभर्नर इन्दु लम्साललाई सम्बोधन गरेर पत्र लेख्दै उनले उक्त पदमा नरहने सार्वजनिक गरेका हुन् । भेदभावपूर्ण तरिकाले क्याबिनेट बनाइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा लेखेका छन् ।

‘यो मेरो आफ्नो व्यक्तिगत निर्णय हो,’ उनले भने, ‘वर्षभरि डिष्ट्रिक्टको कुनै पनि कार्यक्रममा सहभागी हुन्न ।’ उनी लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीका संस्थापक अध्यक्ष हुन् । क्लबमार्फत सामाजिक काम गर्ने उनले बताए ।

You might also like

Comments are closed.