नेपाल बैंक लिमिटेडको शाखा तालचोकमा

पोखरा, ९ जेठ

नेपाल बैंक लिमिटेड तालचोक शाखाको एक समारोहका विच विहिवार शुभारम्भ गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सि. र नेपाल बैंक लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीले संयुक्त रुपमा शाखाको शुभारम्भ गरेका हुन् ।

शाखा शुभारम्भ कार्यक्रममा बिभिन्न उद्योगी, व्यवसायी, स्थानिय समाजसेवी, बिभिन्न संघ सस्थाका प्रमुखहरु, साथै स्थानिय ग्राहकहरुको उल्लासमय उपस्थिति थियो । उक्त कार्यक्रमका लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी, पोखरा चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार, समाजसेवी वावुराम गिरी लगायतले देशको पहिलो बैंक नेपाल बैंकलाई सम्पुर्ण नेपालिहरुको पहिलो रोजाइको बैंक समेत बन्ने शुभकामना व्यक्त गरे ।

footwear zone

हाल गण्डकी प्रदेशका गोर्खा जिल्ला बाहेकका सम्पुर्ण जिल्लाहरुमा बिभिन्न २० वटा शाखाहरु मार्फत बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ सुबिधा प्रदान गर्दै आईरहेको गण्डकी प्रादेशिक कार्यलय प्रमुख धिरज राईले जानकारी दिए । निकट भबिष्यमा गोर्खा जिल्ला सहित गण्डकी प्रदेशका अन्य बिभिन्न क्षेत्रहरुमा समेत बैंकका थप नयाँ शाखाहरु स्थापनाको क्रममा रहेको रा बैंकले आफ्नो उपस्थितिलाई थप दरिलो बनाउदै लैजाने जनाईएको छ ।

You might also like

Comments are closed.