पोखरा जेसीजको ‘जेसीज वीकइण्ड’ सुरु, शनिबार अन्नपूर्णमा स्वास्थ्य शिविर

आर्थिक आवाज
पोखरा, १० जेठ । पोखरा जेसीजको यसवर्षको ‘जेसीज वीकइण्ड’ शुक्रबार पोखरा उद्योग वाणिज्य महासंघको अमृत सभाकक्षमा समुद्घाटन भएको छ । पोखरा जेसिजका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको प्रमुख आतिथ्यता तथा पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

वर्ष २०१९ को ‘सकरात्मक प्रभावका लागि एकता’ उद्देश्यका साथ त्रिदिवसीय कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी मुल्मीले हाल युवाहरुमा व्यक्तिगत विकास, क्षमता बिकास र उद्यमशीलता विकास हुँदै गएको बताए ।

पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा औपचारिक उद्घाटन गरिएकोे जेसीज वीकइण्डको पहिलो दिनको कार्यक्रम स्थानीय क्षेत्रमा रहेका विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुहरुलाई लक्षित गरेर युवा उद्यमशीलता सम्बन्धी उत्प्रेरणामुलक कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । कार्यशाला गोष्ठीमा जल महल रिसोर्ट पोखराका प्रबन्ध निर्देशक तथा प्रोफेसर डा. दिनेश प्रसाईले र उद्यमी कपिल तमोटले युवा उद्यमशीलताका विषयमा सहजीकरण गरेका थिए ।

footwear zone

पोखरामा रहेर विभिन्न पेशा व्यावसायमा आबद्ध करिब १५० जना भन्दा बढि युवा व्यावसायीहरुको सहभागिता रहेको गोष्ठीमा पोखरा महानगरपालिका नबिल बैंक लगायत विभिन्न संघ संस्थाले सहयोग गरेको जेसीज पोखराका अध्यक्ष सन्तोष शाहीले जानकारी दिए । दोस्रो दिन शनिबार अन्नपूर्ण गाउँपालिकाका स्थानीयलाई लक्षित गरेर माछापुछ«े मा.वि प्राङ्गण, ढिकुरपोखरी, कास्कीमा निःशुल्क स्वास्थ्य शिविर हुँदैछ । गाउँपालिकासँगको समन्वय तथा कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर, हिमालयन आँखा अस्पताल र डक्टर्स डेन्टल क्लिनिकको प्राबिधिक सहयोगमा हुने शिविरकोे संयोजन गणेश गिरीले गर्नेछन् ।

पोखरा जेसीजका अध्यक्ष सन्तोष शाहीको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शक्ति बरुवालले र स्वागत कार्यक्रम संयोजक बिनु श्रेष्ठ तथा आस्थापाठ सन्देश पराजुलीले गरेका थिए । वीकइण्डको अन्तिम दिन जेठ १२ गते रञ्जित इभेन्ट सेन्टर रानिपौवा ११, पोखरामा पोखरा महानगरपालिका, वडा, महिला तथा आमा समूह, स्कुल, शिक्षक÷ शिक्षिका, बालबालिकालाई लक्षित गरेर असल अभिभावकत्व विषयक परामर्श कार्यक्रमको आयोजना गरिएको छ । पोखरा जेसीजले जेठ १० गतेदेखि १२ गतेसम्म विभिन्न त्रीदिवसीय कार्यक्रको आयोजना गरेर मनाइने ‘जेसीज वीकइण्ड’ आइतबार समापन हुनेछ ।

You might also like

Comments are closed.