लायन्सको रिजन मिटिङ सम्पन्न

पोखरा, १६ फागुन ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गत रिजन ४ को रिजन मिटिङ बुधबार सम्पन्न भएको छ । रिजन चियरपर्सन विनोद ढुंगानाको सभापतित्वमा मिटिङ सम्पन्न भएको हो । पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित मिटिङमा रिजन अन्तर्गतका ८ वटा क्लबका अध्यक्ष तथा सचिव सहभागी थिए ।

footwear zone

रिजन अन्तर्गतका क्लबले गरेका कामको मिटिङमा समिक्षा भएको ढुंगानाले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले रिजन ४ अन्तर्गतका क्लबहरुको सक्रियता तथा सामाजिक काममा योगदान राम्रो रहेको धारणा राखे । कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन प्रेमबहादुर श्रेष्ठ, डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्याल, कोचिफ एडभाइजर विशेश्वर आचार्य, सिनियर एओजी दुर्गाप्रसाद हुमागाईं, जिएमटी कोर्डिनेटर सुदिपराज ढुंगाना, जोन चियरपर्सन कृष्णराज पोखरेल  लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.