सामाजिक विकास मन्त्रालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

 

आर्थिक आवाज
पोखरा, १६ जेठ ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । १२औं गण्तन्त्र दिवसको अवसरमा मन्त्रालयले १६ गते पोखरा १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रम र पोखरा वृद्धाश्रममा रहेका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । सो अवसरमा फलफुल पनि वितरण गरिएको थियो ।

footwear zone

आश्रममा रहेका सबैको स्वास्थ्य परीक्षण गरिएको छ । रगत, पिसाव, रक्तचाप लगायत परीक्षण गरिएको छ । ५ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएको र मन्त्रालयले सहयोग गर्ने वरिष्ठ कविराज निरीक्षक नविन किरण भुषालले जानकारी दिए । बिरामीको लागि आवश्यक औषधी पनि उपलव्ध हुनेछ । खेमराज अधिकारी, अमृत पोखरेल, शरण लामिछाने लगायतका चिकित्सकको टोलीले स्वास्थ्य परिक्षण गरेको हो ।

स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव सेवन आश्रमलाई सहयोग गर्नु सरकारको पनि दायित्व रहेको र कुनै न कुनै तरिकाले नीति तथा कार्यक्रममा समेट्ने बताए । मानव सेवा आश्रमको कामलाई आफूले सम्मान तथा समर्थन गर्ने पनि उनले जनाए ।

कार्यक्रमका अध्यक्ष तथा मन्त्रालयका निमित्त सचिव भीमप्रसाद तिवारीेले मानवको सेवा गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बताए । मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख रमेश अधिकारीले स्वागत तथा कार्यक्रमका बारे जानकारी गराएका थिए ।
मानव सेवा आश्रम पोखराका व्यवस्थापक होमनाथ तिमिल्सिनाले मानव सेवा आश्रम तथा यसको कामबारे जानकारी दिए । साथै मन्त्रालयले गरेको कामको प्रशंसा गरे । साथै मन्त्रालयबाट आश्रमको व्यवस्थापन तथा भवन निर्माणको लागि २० लाख रुपैयाँ प्रदान गरिएकोमा आभार व्यक्त गरे । नेपालमा १२ जिल्लामा मानव सेवा आश्रमको शाखा रहेको उनले जानकारी दिए ।

 

गण्डकी प्रदेश सरकारबाट सम्मानित सामाजिक विकास मन्त्रालयमा कार्यरत वरिष्ठ कविराज निरीक्षक नविन किरण भुषालले आफूले पुरस्कार स्वरुप प्राप्त गरेको ५० हजार रुपैयाँ मानव सेवा आश्रमलाई सहयोग स्वरुप प्रदान गरेका छन् । यसैगरी, लक्ष्मी बैंक पोखरा शाखाले १५औं वार्षिकोत्सवको अवसरमा आश्रमलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ । मानव सेवा गर्ने उद्देश्यका साथ सहयोग गरिएको बैंकका गण्डकी प्रदेश प्रमुख सन्दिप मानन्धरले जानकारी दिए ।

 

 

You might also like

Comments are closed.