अनुपमको अवार्ड पुरुषोत्तम र विश्वमोहनलाई, सम्मान सुमन र डेनीलाई

पोखरा, जेठ १६।

अनुपम म्युजिक पोखराले अनुपम म्युजिक अवार्ड २०७६ लोकगायक पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिने भएको छ ।
सम्मानपत्र, दोसल्ला र नगदसहित प्रदान गरिने अवार्ड गायक न्यौपानेले नेपाली लोकगीतको उत्थानमा महत्वपूर्ण योगदान गरेको भन्दै अवार्ड प्रदान गर्न लागिएको हो । न्यौपानको स्वरमा १ हजारभन्दा बढी गीत रेकर्ड भएका छन् । यस्तै यस वर्षको तीर्थहरि समाजसेवा अवार्ड समाजसेवी विश्वमोहन गौचनलाई प्रदान गरिने भएको छ । एड्स रोग नियन्त्रण सङ्घ, कास्कीलगायत दर्जनौँ सामाजिक संस्थामा रहेर समाजसेवाका क्षेत्रमा गौचनले पु¥याएका योगदानको कदर गर्दै उक्त नगदसहितको अवार्ड प्रदान गरिने बताइएको छ ।

यसै गरी, अनुपम सङ्गीत सम्मान गीतकार सुमन श्रापित र सङ्गीतकार डेनी निरौलालाई प्रदान गरिने भएको छ । पोखरामा रहेर २ दशकदेखि गीत लेखनमा लागेका श्रापितका १५० भन्दा बढी गीत रेकर्ड भएका छन् भने आधा दर्जन एल्बम र ‘भावनाको खेती’ नामक गीत सङ्ग्रह प्रकाशित छन् । निरौलाको सङ्गीतमा ३ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । अवार्ड तथा सम्मानहरु पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा समाजसेवी वीरेन्द्र पालिखे, गायक÷सङ्गीतकार रामभक्त जोजिजू, गीतकार रेशम रचक, प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावीसदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा प्रदान गरिने भएको हो ।

footwear zone

सबै अवार्ड तथा सम्मान आगामी जेठ २५ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने छैटौँ अनुपम साङ्गीतिक साँझका अवसरमा प्रदान गरिने आयोजक मूल समितिका संयोजक अनुराग अधिकारीले बताए । सो कार्यक्रममा दार्जिलिङ, काठमाडौँ र पोखराका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उनले जानकारी दिए ।

You might also like

Comments are closed.