अजोड इन्स्योरेन्सको शाखा पोखरामा

आर्थिक आवाज
पोखरा, १७ जेठ ।

अजोड इन्स्योरेन्स लिमिटेडले पोखराको न्युरोडमा क्षत्रीय कार्यालयको उद्घाटन गरेको छ । अजोड निर्जीवन विमा कम्पनी हो । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले शुक्रबार आयोजित एक कार्यक्रमका बीच शाखाको उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै चापागाईंले २०७५÷०७६ को चैतसम्म निर्जीवन बिमातर्फ १७ अर्ब बिमा प्रिमियम संकलन भएको बताए ।
अजोडका अध्यक्ष आजाद श्रेष्ठले बिमा विश्वास भएको र सुरक्षाको लागि गरिने बताए । कम्पनीले दावी भुक्तानी समयमा नै सम्पन्न गरेमा विश्वास बढ्ने बताए । करिव १० महिनाको अवधीमा २५ करोड रुपैयाँ प्रिमियम जम्मा गर्न सफल भएको उनले बताए । प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले २ लाख रुपैयाँसम्मको दावी भुक्तानी फास्ट ट्रयाकबाट गरिने बताए ।

footwear zone

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बैंकको लागि मात्र विमा हुने गरेकोमा व्यवसायीको लागि पनि हुनुपर्ने वताए । जोखिम न्युनीकरणको लागि विमा हुनुपर्ने बताउँदै अजोड इन्स्योरेन्सको सफलताको कामना व्यक्त गरे ।

कार्यक्रममा निप्स पोखराका अध्यक्ष केशवराज ढकाल, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष चन्द्र बहादुर कुवँर, गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, नेपाल इन्जिनियर सर्भेयर्स एशोसिएसनका सुरेन्द्र वहादुर गोदार लगायतले बोलेका थिए । २०७५ असारबाट कारोवार शुरु गरेको अजोडले असोज १ मा कार्यालय स्थापना गरेको हो । अजोडका ६ क्षेत्रिय कार्यालय तथा २६ शाखा छन् । १ सय ७१ जना कर्मचारी रहेको लिमिटेडका ३ सय ४३ अभिकर्ता छन् ।

You might also like

Comments are closed.