पोखरामा बैंकर्स र विद्यार्थीहरुबीच बहस

पोखरा, १९ जेठ

पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज स्कूल अफ बिजनेसको भुतपूर्व विद्यार्थी मञ्चको आयोजनामा पोखरामा शनिबार बैंकर्सहरु र विद्यार्थीहरुबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्राध्यापक हरी बहादुर खड्काले पोखरा विश्वविद्यालयले व्यवस्थापन संकायको दुई दशकमा धेरै आरोह अवरोह व्यहोर्दै आज नेपालको बैंकहरु हाँक्ने जनशक्ती उत्पादन गर्न सक्ने क्षमता निर्माण गरेको बताए ।

footwear zone

अन्तक्र्रिया कार्यक्रममा बोल्दै ग्रिन डेभेलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश आचार्यले देशभरका जनतामाझ वित्तिय संस्थाहरुको पहुच पु¥याउन धेरै बैंकहरुको स्थापना अघिल्लो दशकभन्दा अघिको परिस्थितीमा गलत नभएको बताए । साथै उनले बैंकहरु तिब्र गतिमा मर्जर तर्फ गएपछि बंैकहरु धेरै शाखाहरु सहितको अझ सुदृढ रुपमा विकास भइरहेकाले व्यवस्थापन संकायमा आगामी दिनहरुमा उत्पादन हुने विद्यार्थीहरुको व्यवसायीक जीवनमा कुनै फरक नपार्नेमा आश्वस्त पारे ।

त्यसै गरी एनआईसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले मेहनत गर्ने इच्छाशक्ती भएको जनशक्तिका लागि बैंकको करियर सबैभन्दा आकर्षक रहेको बताए । कार्यक्रममा नै आफ्नो भनाइ राख्दै सिभिल बैंकका प्रदेश प्रमुख समिर केसीले सकारात्मक सोचका साथ सिक्ने भावना राख्नेले नै बैंकिङ्ग क्षेत्रमा छिटै प्रगति गर्न सक्ने विचार व्यक्त गरे ।

कार्यक्रम भुपु विद्यार्थी मञ्चका अध्यक्ष डाक्टर चैतन्य अधिकारीको अध्यक्षता, सहसचिव सन्तोष शर्माको सञ्चालन तथा सदस्य सुवास मल्लको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

You might also like

Comments are closed.