‘वर्किङ इन जापान’ सेमिनार असार २ गते पोखरामा

पोखरा, ३० जेठ । वर्किङ भिजामा जापान जान चाहनेहरुलाई लक्षित गरी पोखरामा पहिलो पटक ‘वर्किङ इन जापान’ सेमिनार हुने भएको छ । स्मार्ट एच.आर. सोलुसनको आयोजना, स्मार्ट ओपन एकेडेमी र आइसिएसको सहभागितामा असार २ गते सोमबार क्याफे दि गार्डेन चिप्लेढुंगामा सेमिनार हुन लागेको हो । दिउसो १ बजेदेखि ४ बजेसम्म सेमिनार सञ्चालन हुनेछ ।

एनपिओ ग्लोबल पर्सनल सपोर्ट जापानको सहयोगमा कार्यक्रम हुन लागेको स्मार्ट ओपनका प्रवन्ध निर्देशक समीर थापा मगरले जानकारी दिए । एनपिओ ग्लोबल पर्सनल सपोर्ट जापानका प्रमुख तादाओ नाकाचुबोको उपस्थितिमा कार्यक्रम हुनेछ ।

footwear zone

‘वर्किङ भिजामा जापान जान चाहनेहरुका लागि सेमिनार निकै उपयोगी हुनेछ,’ उनले भने, ‘सेमिनारमा सहभागीहरुले जापानीज प्रतिनिधिसँग प्रत्यक्ष भेटेर छलफल गर्न तथा जिज्ञासा राख्न सक्नेछन् ।’

कम्तीमा ‘एन फाइभ’ पास गरिसकेका र ‘केयरगिभर’ कक्षा लिइरहेका विद्यार्थीहरु सेमिनारमा सहभागी हुन सक्नेछन् । केयर गिभर तथा जापानीज भाषाको नयाँ एन फाइभ, एन फोर कक्षा पनि सञ्चालन भइरहेको थापाले जानकारी दिए । ‘सेमिनारमा उपस्थित भएर उपयुक्त ठानिएका सहभागीहरुलाई अक्टोबरसम्ममा जापान लैजाने तयारी भइरहेको छ,’ उनले भने, ‘असार ३ र ४ गते पोखरामा प्रि–इन्टरभ्यु समेत हुँदैछ ।’

You might also like

Comments are closed.