‘डोकोमा होइन, ट्रकमा व्यापार गर्ने लक्ष्य राखौं’

आर्थिक आवाज
फेदिखोला (स्याङजा), ४ असार ।  निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गर्ने अभियान लिएको स्याङ्जाको फेदीखोला गाउँपालिकाले वडा नं. २ खहरेलाई नमुना कागती गाउँको रुपमा विकास गर्ने भएको छ । गाउँपालिकाको युवा उद्यम कार्यक्रममा छानिएको जनजागृत युवा समूहले उक्त गाउँमा १ हजार २ सय बढि कागती उत्पादन गर्ने लक्ष्य राखेको छ ।

स्थानीय बजारदेखि देशैभर कागतीको माग बढ्दै गएको हुँदा आफूहरुले व्यावसायिक कागती खेती सुरु गरिएको युवा समूहकी अध्यक्ष पार्वत अधिकारीले जानकारी दिइन् । २ वर्ष भित्र आफूहरुले यस क्षेत्रलाई कागती पकेट क्षेत्र बनाउने उद्देश्य रहेको बताउँदै अध्यक्ष अधिकारीले गाउँपालिकाको सहयोगले झन् हौसला प्रदान गरिएको थियो । गाउँपालिकाको युवा उद्यम कार्यक्रम अन्र्तगत यस समूहले उद्यमका लागि बिना व्याज ५ लाख रुपैयाँ ऋण पाएको छ । समूहका अनुसारमा गाउँपालिका भित्र मात्र दैनिक १० केजी बढिको माग छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीता सुन्दासले अन्य स्थानीय निकाय भन्दा फेदीखोला गाउँपालिकाले कृषिको क्षेत्रमा गरेको गतिविधी उल्लेखनीय रहेको बताइन् । फेदीखोलाले जसरी नै अन्यगाउँपालिकाले कृषकलाई समेट्न र कृषिको आधुनिकीकरणका लागि नयाँनयाँ परियोजना लागु गर्नपर्ने बताए ।

footwear zone

कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाका कृषकहरुले निर्वाहमुखी उत्पादनलाई बदल्दै व्यावसायिक बनेकोमा खुसी व्यक्त गर्दै कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । ‘आँफैलाई मात्र पुग्ने र बचे खुसेको उत्पादन मात्र बिक्री गर्ने मानसिकता परिवर्तन गर्नुहोस् ।’ कृषकलाई प्रोत्साहन गर्दै अध्यक्ष सुवेदीको भनाई थियो, ‘मेहनतगर्नुस, उत्पादन बढाउनुहोस् ताकि तपाईंको उत्पादनको बजारीकरण गर्न मालबहाक ट्रकको व्यवस्था गर्नु परोस् ।’ कृषकका उत्पादनलाई बजारीकरण गर्न बजार र कृषकको करिडोर निर्मााणार्थ गाउँपालिकाको विशेष सहभागिता रहने आश्वासन अध्यक्ष सुवेदीले दिए ।

गाउँपालिकाले यसअघि नै सुन जातको ५ हजार कागतीको बेर्ना र ३ हजार ५ सय कफीको बेर्ना वितरण गरिसकेको छ । कृषिलाई गाउँपालिकामा सबल बनाउने उद्देश्यअनुसार गाउँपालिकाले वडा नं. ४ अन्तर्गतको आरुखर्क गल्यामलाई नमुना असारे आलु खेतीको रुपमा विकास गरेको छ भने खहरे र भाटखोलालाई नमुना कफि गाउँको रुपमा विकास गर्ने अभियानमा रहेको छ । भाटखोलालाई माछापालन र फेदीखोला–२ तल्लो कुडुलेलाई बेमौसमी तरकारी खेतिको रुपमा अगाडि बढाइएको छ ।

You might also like

Comments are closed.