बजारमा लोकप्रिय हिमस्टारका यी फ्रिज र डिप फ्रिजहरु

पोखरा । नेपाली बजारमा हिमस्टारले लोकप्रिय स्थान ओगट्न सफल भएको छ । हिमस्टारले नेपाली बजारमा विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरु बिक्री गरिरहेको छ । यी मध्ये केही फ्रिज र डिप फ्रिजहरु नेपाली बजारमा निकै लोकप्रिय रहेको र गर्मी याम सुरु भएसँगै बिक्री बढिरहेको कम्पनीले जनाएको छ ।

एचएस २७८३ सिआरएम
‘एचएस २७८३ सिआरएम’ मोडलको फ्रिजमा ट्विन इनर्जी सेभिङ मोड छ । स्विफ्ट डवल डुअरकोयो फ्रिज टर्वो आइसिङ टेक्नोलोजीमा बनेको छ । यो फ्रिजमा युटिलिटी वक्स, इजी स्लाइडिङ सेल्फ, मोभेवल आइ ट्रे लगायतका विशेषता छन् ।

footwear zone

एचएस ४८०
एचएस ४८० मोडलको डिप फ्रिज पारदर्शी छ । डवल लेयर ग्लास डुअर, लक एण्ड इन्टेरियर ल्याम्प तथा युनिभर्सल क्यासटर फर इजी मुभिङ, डिजिटल थर्मोस्टेट, भेन्टिलेटिङ कुलिङ सिस्टम लगायतका विशेषताले यो फ्रिज नेपाली बजारमा लोकप्रिय रहेको हिम इलेक्ट्रोनिकका सेल्स हेड केशव धितालले जानकारी दिए ।

एचएस २२५ डिसी
एचएस २२५ डिसी मोडलका डिप फ्रिज पनि नेपाली बजारमा लोकप्रिय रहेको धितालले बताए । डबल कुलिङ कम्पार्टमेन्ट, हार्ड टप, इनर्जी इफिसियन्ट, अल्ट्रा स्ट्रङ कम्प्रेसर, इम्प्रुभ्ड इन्सोलुसन, अटोकट फङ्सन, ह्विल, तापक्रम माइनस ३० डिग्री सेल्सियससम्म लगायतका विशेषता यसमा छ ।

‘हिमस्टारका यी ३ किसिमका फ्रिज र डिप फ्रिज बजारमा निकै लोकप्रिय छन्,’ उनले भने । गर्मी समय बढेसँगै एचएस २७८३ सिआरएम, एचएस ४८०, एचएस २२५ डिसी लगायतका फ्रिज र डिप फ्रिज घरायसी तथा व्यावसायिक प्रयोजनका लागि निकै उपयोगी रहेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.