चेम्बर र चिनीया व्यावसायीबीच भेटवार्ता

आर्थिक आावाज
पोखरा, २४ असार । पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीको प्रतिनिधी मण्डलबीच भेटवार्ता भएको छ ।

चीनको नानजिङका व्यवसायी समूहका यामको नेतृत्वमा पोखरा आएको १८ जनाको प्रतिनिधि मण्डलसंग दुई देशबीच व्यावसायिक आदान प्रदान र नागरिकस्तरबाट भाषा सँस्कृति आदान–प्रदानबारे महत्वपूर्ण छलफल गरेको पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष सुनारले पोखराको पर्यटन क्षेत्र, कृषि र ऊर्जामा लगानी गर्न सो प्रतिनिधि मण्डललाई आग्रह गरेका थिए । सो व्यावसायिक प्रतिनिधि मण्डलले आफूहरुको नेपालमा लगानी गर्न इच्छुक भएको र सरकारको तर्फबाट पहिला व्यावसायिक सुरक्षा, नीतिगत, स्पष्टता भएमा चेम्बरको सहयोगमा पोखरा क्षेत्रमा लगानी गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेको थियो ।

footwear zone

व्यावसायिक प्रतिनिधी मण्डलबीच भेटवार्ता बैठकमा नेपाल चाइनाका संघ महासचिव विवेक पौडेल, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गीता तिवारी, वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला लगायत कार्यसमितिका सदस्यहरुको सहभागिता थियो ।

You might also like

Comments are closed.