४ खेलाडीले खोले बगरमा जिम टाउन

आर्थिक आवाज
पोखरा । लामो समयदेखि खेलकुदमा लागेका ४ युवा खेलाडीहरुले पोखराको बगरमा जिम सेन्टर खोलेका छन् । उनीहरुले २ करोडको लागतमा पोखरा महानगरपालिका वडा नम्बर १ को बगरस्थित पृथ्वीनारायण क्याम्पसको माथिल्लो गेट अगाडि स्पोर्टस सेन्टरका रुपमा ‘जिम टाउन’ सञ्चालनमा आएका हुन् ।

जिम टाउनमा पोखरेली युवाहरु बलराम सुबेदी, गोविन्द मल्ल, नवीन आचार्य र बामदेव सुवेदीको लगानी रहेको छ । बलराम केन्पोकाईका प्रशिक्षक हुन् भने गोविन्द वडी विल्डिङ र फिटनेस सम्बन्धी प्रशिक्षक हुन् । फिटनेस र वडी विल्डिङ सम्बन्धी अध्ययन गरेका नवीन जापानमा ६ वर्ष प्रशिक्षणसमेत गराएर फर्किएका युवा हुन् भने बामदेवपनि मार्सल आर्टका खेलाडी हुन् ।

‘स्वस्थ नागरिक, समृद्ध नेपाल’ भन्ने नारासहित खुलेको जिम टाउनमा अमेरिकी ‘स्ट्रोङ’ कम्पनीका अत्याधुनिक सामानहरु रहेको सञ्चालक मध्येका एक बलराम सुवेदीले बताए । उनका अनुसार जिम टाउनमा फिटनेस र वडी विल्डिङ सम्बन्धी सम्पूर्ण सामानहरु छन् । पोखराका जिम सेन्टर मध्ये सबैभन्दा ठूलो जिम सेन्टर आफ्नो भएको उनको दाबी छ ।

footwear zone

जिम टाउनमा एकैपटक एक सय जनाले शारीरिक ब्यायम गर्न सक्छन् । महिला र पुरुषका लागि छुट्टाछुट्टै भएकाले ब्यायम गर्न गर्न सजिलो हुने अर्का सञ्चालक नवीन आचार्यले बताए । उनीहरुलाई फिटनेस सम्बन्धी सिकाउन १० जना प्रशिक्षकसमेत राखिएको उनले जानकारी दिए । जिम टाउन विहान ५ बजेदेखी राती ९ बजेसम्म खुल्ने आचार्यले बताए ।

जिम टाउनमा स्ट्रेस रिलिफ प्रशिक्षणसमेत गराइने सञ्चालक गोविन्द मल्लले जानकारी दिए । उनका अनुसार ब्यायाम गर्न आउनेलाई वडी विल्डिङ, फिटेनसदेखि डाइट प्लानसम्म सिकाइनेछ । जिम टाउनमा एयर कन्डिस्नरसमेत भएकाले सबैका लागि उपयुक्त हुने उनको भनाई छ । जिम टाउनमा किक बक्सिङदेखि जुम्वा गर्ने, मोटोपन घटाउने, बढाउने लगायतका शारिरिक ब्यायाम सिकाइने उनले बताए ।

मानिस स्वस्थ भएमात्र देश समृद्ध बन्ने भएकाले विदेशमा थुप्रै अवसर आएपनि आफू पोखरा फर्केर जिम टाउन खोलेको सञ्चालक नवीन आचार्यले बताए । उनले समृद्धीका लागि नागरिक स्वथ हुन जरुरी भएको भन्दै शारिरिक व्यायम नियमित गर्नेहरुलाई रोग कम लाग्ने बताए । आफूहरुको उद्देश्य सबै स्वस्थ रहुन् भन्ने रहेको सञ्चालक बामदेव सुवेदीले बताए ।

जिम टाउनलाई स्पोर्टस एकेडेमीको रुपमा बिस्तार गर्ने योजना रहेको सञ्चालक बलराम सुवेदीले बताए । उनले शारिरिक ब्यायम, फिटनेस, डाइटलगायतकाहरुको कोर्षहरु बनाएर विज्ञ राखेरै स्पोर्टस एकेडेमी सञ्चालन गर्ने योजना रहेको बताए । जिम टाउनको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

जिम टाउनमा मासिक प्याकेज ३ हजार रहेको छ । तर शुभारम्भको अवसरमा साउन १५ गतेसम्म ३३ प्रतिशत छुट दिएर २ हजार र दर्ता शुल्क १५ सय रुपैयाँ पूर्ण निःशुल्क गरिएको सुबेदीले जानकारी दिए ।

You might also like

Comments are closed.