एम्पाएरको अष्ट्रेलियन एजुकेसन फेयरमा १५ वटा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुँदै

आर्थिक आवाज
पोखरा । एम्पाएर एजुकेसन एण्ड भिजा सर्भिसेसको आयोजनामा अगस्ट १८ (भदौ १ गते आइतबार) पोखरामा ‘एम्पायर ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ हुने भएकोे छ । एम्पाएरको आफ्नै कार्यालय महेन्द्रपुलस्थित पोखरा मोबाइल टावरमा फेयर हुने प्रवन्ध निर्देशक प्रीया थापाले जानकारी दिइन् ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेयर चल्नेछ । अष्ट्रेलियाका १५ वटा युनिभर्सिटीका आधिकारिक प्रतिनिधि फेयरमा सहभागी हुने थापाले बताइन् । ‘अष्ट्रेलियास्थित युनिभर्सिटीका प्रतिनिधिबाट विद्यार्थीले फस्ट ह्याण्ड इन्फरमेसन पाउनेछन्,’ उनले भनिन्, ‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभाबकका लागि फेयर निकै उपयोगी हुनेछ ।’

फेयरमा सहभागीहरुलाई आकर्षक गिफ्टको व्यवस्था गरिने बताइएको छ । लक्की ड्रका आधारमा उपहार पनि प्रदान गरिने थापाले जानकारी दिइन् । स्पट एडमिसनको व्यवस्था, बारिस्टा टे«निङका लागि ५० प्रतिशत छुटको सुविधा, निःशुल्क आयल्स तथा पिटिइका कक्षा लगायतका सेवा फेयरमा सहभागी विद्यार्थीले पाउनेछन् । भिजा लागि सकेपछि एम्पायर ट्राभलबाट विशेष छुटमा टिकटको व्यवस्था गरिने बताइएको छ ।

footwear zone

यसैबीच एम्पाएरको कार्यालय काठमाडौंस्थित न्यु बानेस्वरमा समेत फेयर हुँदैछ । अगस्ट १३ मंगलबार फेयर हुने थापाले जानकारी दिइन् ।

You might also like

Comments are closed.