‘पहिचान नखुलेका बालबालिकाको पहिचान खुलाइन्छ’

सन्देश श्रेष्ठ
पोखरा, २९ साउन । गण्डकी प्रदेशकी उपसभामुख श्रृजना शर्माले पहिचान नखुलेका बालबालिकाको पहिचान खुल्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएकी छन् । बाल कल्याण संस्था पोखराका १९ औं साधारण सभा तथा सम्मान कार्यक्रममा बोल्दै उनले पहिचान नखुल्दा बालबालिकाले पढाईबाट बञ्चित हुनुपरेको सुनेको भन्दै ति बालबालिकाको पहिचान खुल्ने वातावरण निर्माण गर्ने बताएकी हुन् । तपाईंहरु निराश नहुनुस्,‘ उनले भनिन्, ‘हामी यो विषयलाई टुंगोमा पु¥याउँछौं ।’

उपसभामुख शर्माले बालबालिकाको पहिचान खुलाउने विषय बाल गृहहरुको मात्रै नभई राष्ट्रकोपनि भएको बताए । यो तपाईंहरुको मात्रै समस्या होइन,‘उनले भनिन्,‘यो राष्ट्रको समस्या हो, यो समाधान गरेरै छाड्छौं ।’ उनले यसका लागि आफूले पहल गर्ने पनि प्रतिबद्धता जनाइन् ।

गण्डकी प्रदेश सांसद रामजी बरालले पनि बालबालिकाको पहिचान खुलाउनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताए । प्रदेश सभामा बोलेर सरकारको ध्यानाकर्षण गराउने वा सम्बन्धित सरोकारवाला निकायमा गएर घच्घच्याउने उनले बताए ।

footwear zone

अर्का प्रदेश सांसद राजिव पहारीले बालबालिकाको क्षेत्रमा डरलाग्दो स्थिति रहेको भन्दै बालगृहहरुले थोरै भएपनि मल्हमपट्टी लगाउने काम गरेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बालबालिकालाई भोलिका कर्णधार भनेर पन्छाउनु भन्दा वर्तमानका साझेदार बनाउन आग्रह गरे । उनले पोखरा महानगरपालिकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाएर साँच्चिकै बालबालिकामैत्री प्रदेश भएको सन्देश दिन सुझाव दिए ।

बालगृह महासंघकी केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोमा ढकालले बेसहारा बालबालिकाको जन्मदर्ता नहुँदा पहिचान विहिन् भएर बस्नु परेको र सोहि कारण कक्षा ८ देखि पढ्नबाट बञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै पहिचान दिलाईदिन राज्यको ध्यानाकर्षण गराइन् । बालगृहहरुलाई सरकारको केहिपनि चाहिंदैन,‘उनले भनिन्,‘हामीलाई केल पहिचान नखुलेका बेसहारा बालबालिकाको पहिचान खुलाई दिए पुग्छ ।’

बाल कल्याण संस्थाकी अध्यक्ष ईन्दिरा बरालले राज्यले बालबालिकाको पहिचान दिलाइ दिए आफूहरु थप बालबालिकाको अभिभावक भएर लाग्न तयार भएको बताईन् ।

बालबालिका संरक्षणमा योगदान दिने ५ जना सम्मानित

पोखरा महानगरपालिका वडा नम्बर १८ सेदी बगरमा रहेको बाल कल्याण संस्थाले बालबालिकाको संरक्षणमा योगदान दिने ५ जनालाई सम्मान गरेको छ ।

संस्थाको १९ औं वार्षिक साधारण सभाको अवसरमा बालबालिकाको संरक्षणमा निरन्तर खटिएका प्रेम सोङमेन र निमा गुरुङ तथा बालबालिका संरक्षणको क्षेत्रमा कलम चलाउने थ्री एञ्जल रेडियोका स्टेसन म्यानेजर गणेश श्रेष्ठ र परिचय नेटवर्क मिडिया प्रालिमा कार्यरत पत्रकार सुमन गुरुङलाई सम्मान गरेको हो । बाल संरक्षण अभियन्तालाई सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरिएको थियो भने पत्रकार श्रेष्ठलाई ६ हजार र पत्रकार गुरुङलाई ४ हजार नगदसहित सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै बाल कल्याण संस्थामा रहेर निरन्तर बालबालिकाको संरक्षण र पालनपोषणमा खटिदै आएकी पार्वती पौडेललाई वर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित गरिएको बाल कल्याण संस्थाका कार्यकारी निर्देशक बिजयकुमार प्रधानले जानकारी दिए ।

You might also like

Comments are closed.