भिजन मन्टेश्वरीबाट ८० जना विद्याथी प्रशिक्षित

आर्थिक आवाज
पोखरा, ३ भदौ । पोखरा महानगरपालिका २७ लेखनाथमा गत वर्ष स्थापित भिजन मन्टेश्वरी टिचर्स टेनिङ सेन्टरबाट करिब ८० जना विद्यार्थी प्रशिक्षित भएका छन् । एक वर्ष भित्रमा ८० जना नव प्रवेशी शिक्षक र शिक्षण पेशामा आवद्ध भएका शिक्षकलाई तालिम प्रदान समेत गरिएको म्यानेजिङ डाइरेक्टर दुर्गा सिग्देलले जानकारी दिइन् ।

संस्थाको वार्षिकोत्सव तथा प्रमाण पत्र वितरण कार्यक्रम पोखराको तालचोकमा सम्पन भएको हो । मारिया मन्टेवश्वरीको शिक्षण विधि र बाल केन्द्रित शिकाइको आवश्यकता रहेको बताउँदै सिग्देलले मानव उमेरको बौद्यिक विकास जन्मदेखि ५ वर्षको उमेरमा ९० प्रतिशतसम्म हुने भनाइ राखिन् ।

footwear zone

कार्यक्रममा डाइमन सेकेन्डरी विद्यालयका डाइरेक्टर माधव शरण उपाध्याय, पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष गीता तिवारी, क्यान कास्कीका अध्यक्ष युवराज पौडेल, मानव मिलन कन्द्रबाट सावित्री शर्मा तथा उक्त संस्थाका सह सस्थापक बाबुराम न्यौपानेले लगायतले संस्था र मन्टेश्वरीका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

सेन्टरबाट कम्प्युटर शिक्षा समेत उपलब्ध गराइने भएकाले कम्प्युटर एशोशिएसन महासंघ, नेपालको सदस्यता प्रमाण पत्र महासंघ, कास्कीका अध्यक्ष युवराज पौडेलले प्रदान गरेका छन् । म्यानेजिङ डाइरेक्टर दुर्गा सिग्देलले अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रविणा विश्वकर्माले गरेकी थिइन् ।

You might also like

Comments are closed.