ग्रीन डेभलपमेन्ट बैंक सातौं वर्षमा

आर्थिक आवाज
पोखरा । वाग्लुङ जिल्लामा केन्द्रीय कार्यालय रहने गरी २०७० सालमा स्थापना भएकोे ग्रीन डेभलपमेन्ट बैंक सातौं वर्षमा प्रवेश गरेको छ । बैंकले सातौ वार्षिकोत्सवको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरि वाग्लुङ जिल्लामा निर्माणधिन रहेको रंग बैंकटेश्वर मुक्तिनारायण मन्दीर कुडुले, वाग्लुङलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानीय स्तरमा छरिएर रहेको पूँजीलाई एकिकृत गरि स्थानिय स्तरमै सञ्चालित उद्यमशीलतासँग सम्बन्धित तथा अन्य उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको बताए ।

footwear zone

बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि तथा उक्त मन्दीरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्य, बैंकका सञ्चालक कृष्ण शंकर श्रेष्ठ लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.