एक्स्पर्टको ग्राण्ड अष्ट्रेलियन एजुकेशसन सेमिनार भदौ २३ गते पोखरामा

आर्थिक आवाज

पोखरा । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराले ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशसन सेमिनार’ गर्ने भएको छ । यही भदौ २३ गते (सेप्टेम्बर ९) मा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा ग्राण्ड सेमिनार गर्ने एक्स्पर्ट पोखराका सञ्चालक रमेश कुमार थापाले जानकारी दिए ।

सेमिनारमा एक्स्पर्टका अध्यक्ष बद्री अर्याल र एक्स्पर्ट मेल्वर्नका निर्देशक सरोजकुमार शर्मा लगायत उपस्थित हुने थापाले जानकारी दिए । ‘सेमिनारमा अष्ट्रेलियाका १३ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहन्छ,’ थापाले जानकारी दिए ।

footwear zone

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभाबकलाई लक्षित गरी सेमिनार सञ्चालन गर्न लागिएको थापाले बताए । ‘अष्ट्रेलिया जानुपूर्व विद्यार्थीले गर्नुपर्ने तयारी, त्यहाँको शिक्षाको सम्भावना, परिवर्तित शिक्षा नीति लगायत विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी सेमिनारमा प्रदान गरिन्छ,’ उनले भन, ‘भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइनेछ ।’

अष्ट्रेलियाको सिड्नी, ब्रिस्वेन, मेल्वर्न, एडिलेड, गोल्डकोष्ट, पारामाटामा एक्स्पर्टका शाखा सञ्जालहरु छन् । बंगलादेश, हङकङ, भारत तथा नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, विर्तामोड, इटहरी, धनगढी, नेपालगञ्ज र दाङबाट पनि एक्स्पर्टले सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.