लेखनाथ महोत्सवमा नुनदेखि सुनसम्म, गाडीदेखि साडीसम्म

लेखनाथ, ४ पुस । कास्कीको लेखनाथमा सञ्चालित १६औं संस्करणको लेखनाथ महोत्सवको दोस्रो दिन शुक्रबार पनि दर्शकको उत्साहजक सहभागिता रहेको छ । शुक्रबार १० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए । पुस ६ गते शनिबार सार्वजनिक बिदा भएकाले दर्शकको चाप अत्याधिक बढ्ने आयोजकको विश्वास छ ।

बिक्रीमा राखिएका विभिन्न वस्तुहरु किनबेच गर्ने थलो महोत्सव बनेको छ । महोत्सवले उत्पादक र उपभोक्तालाई एकै ठाउँमा भेटाउने चाजो पाजो मिलाएपछि महोत्सव किनमेलको स्थल बनेको हो ।

दर्शकहरुलाई मनोरञ्जन दिनका लागि स्टेजमा राखिएका मनोरञ्जतात्मक कार्यक्रमहरु हेरेपछि बाहिरीने दर्शकहरु आफूलाई आवश्यक पर्ने सामानहरु लिएर फर्कने गरेकाले महोत्सव व्यापारिक केन्द्रसँगसगै किनमेलको स्थल पनि बन्न थालेको हो ।

footwear zone

नुनदेखि सुनसम्म गाडीदेखि साडीसम्मका सामग्री रहेको महोत्सवमा शुक्रवार मेगाटेक ईन्टरनेशन प्रा.लि.ले राखेको करतार टयाक्टर १७ लाख ९५ हजारमा बिक्री भए पछि शुक्रवारको कारोवारमा बढेर करिव ५० लाख बरावरको अर्थिक कारोवार भएको आयोजक सस्थाका महसचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् । महोत्सवमा ३ सय ४० वटा स्टलहरु छन् ।

You might also like

Comments are closed.