जाल्पा लघुवित्तको प्रथम वार्षिक साधारणसभा, विभिन्न प्रस्तावहरु पारित

आर्थिक आवाज
पोखरा । जाल्पा लघुवित्त वित्तीय संस्था लि. ले आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिर्सोटमा हालै साधारणसभा सम्पन्न भएको हो ।

सामान्य र विषेश प्रस्ताव गरी १२ वटा प्रस्तावहरु सभाबाट पारित भएको अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।

सामान्य प्रस्तावहरु तर्फ आ.व. २०७५÷७६ को सञ्चालक समितिको प्रतिबेदन, वित्तीय विवरणहरु, लेखा परीक्षक तथा पारिमिक तोक्ने प्रस्तावहरु पारित भएका छन् । संस्थापक शेयरधनीको प्रतिनिधित्व हुने गरी समूह (क) अन्तर्गत ४ जना संचालकहरु क्रमशः अर्जुन श्रेष्ठ, वीरबहादुर अधिकारी, मीनप्रसाद शर्मा भट्टराई र सरस्वती बराल निर्विरोध निर्वाचित भएका छन् ।

footwear zone

बिशेष प्रस्तावका रुपमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) हुने प्रयोजनका लागि सम्पूर्ण आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, वित्तीय संस्थाको पूंजी बृद्घी गर्न हाल कायम रहेको चुक्ता पूंजीको १ः१ (१ शेयर बराबर १ शेयर) को अनुपातमा हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्तावहरु समेत सर्वसम्मतले पारित भएको छ ।

साधारणसभामा शेयरधनीहरुले उठाएको प्रश्न तथा जिज्ञासाहरुको जवाफ अध्यक्ष अर्जुन श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्यले दिएका थिए । कार्यक्रममा शेयरधनीहरुलाई सञ्चालक शान्ति कुमारी शर्माले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाका कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत अशोक आचार्यले गरेका थिए भने धन्यवाद ज्ञापन सञ्चालक वीर बहादुर अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.