पोखराको चाउथेमा खुल्यो पोखरा होम्स होटल

आर्थिक आवाज
पोखराको चाउथेमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी संगम गुरुङले चाउथेमा पर्यटकस्तरको होटल सञ्चालनमा ल्याएका हुन् । अनौपचारिक रुपमा सञ्चालनमा आएको होटलको छिट्टै ग्राण्ड ओपनिङ गरिने गुरुङले जानकारी दिए ।

पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि हाइवेमा होटल सञ्चालनमा आएको हो । होटलमा करिब ६ करोड रुपैयाँ लगानी भएको गुरुङले बताए । ‘चाउथे क्षेत्रमा सुविधा सम्पन्न होटलको महसुस गरी पर्यटन क्षेत्रमा लगानी गरेको हुँ,’ उनले भने, ‘पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि होटलले पारिवारिक वातावरणमा सेवा प्रदान गरिरहेकोछ ।’

footwear zone

होटलमा १५ वटा रुम छन् । पार्टी तथा सेमिनारका लागि २ वटा हल र रेष्टुरेन्टको सुविधा पनि छ । १० जनालाई रोजगारी प्रदान गरिरहेको होटलमा आवश्यकता अनुसार लगानी विस्तार गरिने गुरुङले जानकारी दिए ।

होटलमा थकाली खाना, लोकल कुखुरा, हाँस, अर्गानिक तथा स्थानीय उत्पादनका परिकारलाई प्राथमिकतामा राखिएको गुरुङले जानकारी दिए । ‘अर्गानिक खाना खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउन सफल छौं,’ उनले भने ।

You might also like

Comments are closed.