दक्षिण कोरियाली राजदूत र पोउवा संघका प्रतिनिधिबीच भेटघाट र छलफल 

आर्थिक आवाज

पोखरा, ४ फागुन । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिक तथा  पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच द्विपक्षीय व्यापार बिस्तार तथा सहकार्यका विषयमा छलफल भएको छ ।

सो छलफल तथा भेटघाट कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति तथा महासचिव अर्जुन पोखरेल सहभागि रहेका थिए ।

footwear zone

कोरियाली प्रतिनिधिमण्डलसँको भेटघाटमा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले अन्नपूर्ण क्षेत्रको हिउँपहिरोमा ७ जना कोरियाली नागरिक हराइरहेकोमा दुःख व्यक्त गरे । उनले दक्षिण कोरियाले नेपालीलाई दिएको रोजगार र सहयोगप्रति आभार व्यक्त गर्दै पोखराको जलस्रोत, पर्यटन तथा कृषिको क्षेत्रमा कोरियाली लगानी भित्र्याउन पहल गरिदिन राजदूतसँग आग्रह गरे ।

प्रतिउत्तरमा राजदूत पार्कले नेपालमा अहिले भइरहेको दक्षिण कोरियाली लगानी, त्यहाँबाट हुने गरेको भ्रमणबारे उल्लेख गर्दै नेपालको विकासमा सहयोग गर्न दक्षिण कोरिया सधैँ तयार रहेको बताएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

You might also like

Comments are closed.