पोखरा किसान मार्ट प्रा.लि स्थापना : नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा : पोखरा मार्ट किसान प्रा लि ले आफ्नो स्थापनाको अवसरमा पोखरा १७ बिरौटामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ। ७२ जना सेयर सदस्यको १ करोड रुपैया लगानीमा स्थापना भएको पोखरा किसान मार्ट प्रा.लि को आयोजना र नमस्ते हस्पिटल एण्ड रिसर्ज सेन्टर प्रा लि पोखराको प्राबिधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले पोखरा मार्ट किसान प्रा ले अर्गानिक बस्तुहरु उत्पादन गरी प्रतक्ष रुपमा उपभोक्ता सम्म पुग्ने बाताबरण बनाउने आशा राख्दै शुभकामना ब्यक्त गर्नु भयो। उत्पादक र उपभोक्ताको प्रतक्ष रुपमा कनेक्सन नहुँदा बिचौलियाको कारण उपभोक्ता मारमा पर्ने गरेको दुखेसो सुनाउदै वडा अध्यक्ष अधिकारीले त्यसलाई केहि हद सम्म पोखरा किसान मार्ट प्रा.लिले हल गर्ने बिश्वास ब्यक्त गर्नु भयो।

कार्यक्रममा हिमलाल श्रेष्ठ, अनिल साहि, लिला प्रसाद पङ्गेनी, भोजन अर्याल लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो। पोखरा मार्ट प्रा.लि का अध्यक्ष रामचन्द्र तिवारीको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिब सन्तोष श्रेष्ठले गर्नु भएको थियो ।

footwear zone

शिविरमा ६० जना स्तानियको ब्लड प्रेसर, सुगर जस्ता रोगको स्वास्थ्य परिक्षण गरिएको संस्थाका सचिब सन्तोष श्रेष्ठले जानकारी दिनु भयो।

You might also like

Comments are closed.