पोखरा । विभिन्न देशबाट कास्कीमा आएर क्वारेन्टाइनमा बसेका ३६ जना घर फर्किएका छन् । क्वारेन्टाइनमा बसेका कसैमा पनि कोरोनाको लक्षण नदेखिएपछि आआफ्नो घर पठाइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोद विन्दु शर्माले जानकरी दिए ।
पोखरा महानगरसहित अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेकाहरुमा कोरोनाको लक्षण नदेखिए पनि जोखिम बाँकी नै रहेकाले घरघरमा बसेर सामाजिक दुरी कामय गर्न उनले सम्पूर्णमा आग्रह गरेका छन् । गण्डकी प्रदेशमा हालसम्म २ जनामा कोरोना देखिएको छ । उनीहरु दुवै जना बागलुङका हुन् ।



Comments are closed.