पश्चिमाञ्चल अस्पतालमा सेनिटाइजर टनेल

पोखरा, ८ वैशाख । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्व पट्टीको गेटमा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ । प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन गण्डकीले उक्त सेनिटाइजर टेल निर्माण गरेको हो । उक्त टनेलको प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले सोमबार शुभारम्भ गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसद अधिकारीले प्रोगेसिभ इन्जिनियर्स एसोसिएसनले गरेको यो कार्य प्रशंसनीय रहेको बताए । उनले इन्जिनियरहरुले नयाँ खोज र अनुसन्धना गर्नुपर्ने बताउँदै कोरोना रोकथाममा प्रविधिको प्रयोगलाई जोड दिन आग्रह गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठाका उपकुलपति डाक्टर बुद्धिबहादुर थापाले सेनिटाइजर टनेलले अस्पतालमा कोरोनाको संक्रमण फैलिन नदिन सहयोग पु¥याउने बताउँदै यसको संरक्षणमा प्रतिष्ठानले ध्यान दिने बताए ।

प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन गण्डकीका कार्यवहाक अध्यक्ष इन्जिनियर महेन्द्रबहादुर गोदारले टनेलले होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने बताए । अस्पतालमा भीडभाड हुने भएकाले एसोसिएसनले टनेल निमार्ण गरी अस्पतालमा जडान गरिएको बताए ।

footwear zone

५ सेकेन्डमा होलबडीलाई सेनिटाइज गरिसक्ने स्वचालित सेनिटाइजर टनेल बनाउँदा १ लाख ५० हजार रुपैयाँ खर्च भएको र एसोसिएसनका इन्जिनियरले प्राविधिक शिक्षाको उपयोग गरी टनेल निर्माण गरेको एसोसिएसनका सचिव इन्जिनियर सुरेश तिमिल्सेनाले बताए ।

हस्तान्तरण कार्यक्रममा पोखरा माहानगरपालिका मेयर मानबहादुर जि.सी., नेकपाका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज राजकाजी गुरूङ, क्षत्रीय स्वास्थ्य निर्देशक विनोद बिन्दु तिमिल्सिना, प्रदेश संसद तथा नेकपा कास्की जिल्ला अध्यक्ष कृष्ण थापा, एनईए सभापति बाबुराम भण्डारी लगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.