खेतीयोग्य जमिन बाँझो नराख्न पोखरा महानगरपालिका-३० को आग्रह

लेखनाथ ।

पोखरा महानगरपालिका–३० ले कृषि भूमि खाली नराख्न वडावासीहरुलाई आग्रह गरेको छ । वडा समितिको बैठकले वडा भित्र जग्गा रहेका धनीहरुलाई कृषि उत्पादनसँग जोड्न समेत आग्रह गरेको छ ।

कोरोना संक्रमणका कारण भैरहेको लकडाउन पछि उत्पन्न हुनसक्ने खाद्यान्न संकटलाई ध्यानमा राखी वडाले जग्गाधनीलाई खाली नराख्न आग्रह गरेको हो ।

footwear zone

बाँझो राखेमा त्यस्तो जग्गा खेती गर्न चाहनेलाई उपलब्ध गराईने पनि वडा समितिले निर्णय गरेको छ । हामी सकभर सम्वन्धीत जग्गा धनीलाई नै खेती गर्न आग्रह गर्छौ, उनिहरुले नमाने खेती गर्न चाहनेहरुलाई उपलब्ध गराउँछौं, वडाध्यक्ष श्रीराम पोखरेलले भने—‘हाम्रो उद्देश्य खेतीयोग्य जमिन बाँझो नरहोस् भन्ने नै हो ।’

वडामा २ हजार भन्दा बढी रोपनी जग्गा एक सिजनको खेती पछि बाँझो रहने गरेको पनि वडाध्यक्ष पोखरेलले जानकारी दिए ।
उनले पहिला जग्गा धनीलाई आग्रह गरिने, जग्गा धनिले नगरे नजिकका सधियारलाई भनिने र सधियारले पनि नमाने वडालाई सूचना दिएर जसले पनि खेत गर्न सकिने उल्लेख गरे । पछि जग्गाधनी र खेती गर्नेका बिच विवाद भए वडाले सहजीकरण गरिदिने पनि वडाध्यक्ष पोखरेलले बताए ।

टोलविकास संस्था मार्फत एकहप्ता भित्र बाँझो जग्गाको लगत तयार गरिने वडाध्यक्ष पोखरेलले उल्लेख गरे । विज्ञहरुसँग छलफल गरेर आधुनिक तरिकाबाट कृषि उत्पादन बढाउने विषयमा छलफल गर्ने तयारी भईरहेको पनि उनले बताए ।
विगतका तीन बर्षका बजेटमा भौतिक पूर्वाधारलाई जोड दिईएको उल्लेख गर्दै, वडाध्यक्ष पोखरेलले आगामी दुई बर्षका योजनामा कृषि र रोजगार सिर्जनालाई समेटीने बताए । निर्वाचित भएको तीन बर्षे अवधिको समिक्षा गर्दै, वडाध्यक्ष पोखरेलले जनतासँग गरिएको प्रतिबद्धता अनुसार काम भैरहेको स्पष्ट पारे ।

You might also like

Comments are closed.