भौतिक दुरी कायम गर्दै भित्तेपात्रो सार्वजनिक

पोखरा ।

सम्पुर्ण कम्पनी प्रतिनिधि एक हौँ ,उधोग ब्यबसायीको रक्षा गरौं ,रोजगारीको संरक्षण गरौं भन्ने प्रमुख लक्ष्यका साथ स्थापित नेपाल बजार ब्यापार बिक्री प्रतिनिधि संघ पोखराको भित्तेपात्रो प्रकाशित भएको छ ।

उक्त भित्ते पात्रो संस्थाका सस्थापक अध्यक्ष प्रेमराज गौतम र सल्लाहकार सुरज उपाध्यायले संयुक्त रूपमा सार्वजनिक गरे ।नयाँ वर्ष २०७७ को अवसरमा प्रकाशीत भित्ते पात्रो सार्वजनिक गर्ने क्रममा संस्थाका सस्थापक अध्यक्ष गौतमले विश्वभर महामारीको रूपमा फैलिएको कोरना भाइसले थुप्रैको रोजगारी गुम्ने अवस्था सृजना भएको बताए । अहिलेको विषम परिस्थितिमा उधोगी व्यावसायी र कम्पनी प्रतिनिधि मिलेर उधोग ब्यबसाय र रोजगारीको संरक्षण गर्नु पर्ने बेला आएको बताए ।

footwear zone

भौतिक दुरी कायम गरेर गरिएको उक्त कार्यक्रममा सल्लाहकार सुरज उपाध्यायले पछिल्लो परिस्थिति झन् बिग्रदै गएको कम्पनी राम्रो सँग नचल्दा कम्पनी प्रतिनिधिको मात्रै नभएर बजार सँग जोडिएर रोजगार पाएका सबै मजदुरहरुको दैनिक अवस्था झन् बिग्रदै गएको बताए ।

सस्थाका अध्यक्ष सुरेन्द्रराज अधिकारी अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सचीव राजु सुवेदी र स्वागत हरि ढुंगानाले गरेका थिए ।

You might also like

Comments are closed.