अधिकृत विक्रेता संघको भित्तेपात्रो विमोचन

पोखरा ।
कोरोना महामारीका विच पनि अधिकृत विक्रेता संघ पोखराले २०७७ सालको भित्तेपात्रो विमोचन गरेको छ ।

यस विषम परिस्थितीमा पनि क्यालेन्डर प्रकाशन गर्नको लागि विज्ञापनद्वारा आर्थिक सहयोग पु¥याउने विज्ञापनदाता तथा संकलक सवैप्रति भित्तेपात्रो प्रकाशन समितिका संयोजक दिलिपकुमार श्रेष्ठले आभार व्यक्त गरे ।

कोरोना भाईरसका कारण विश्व अर्थतन्त्रमा नै प्रभाव परिरहेको अवस्थामा लकडाउन मात्र यसको समाधान नभएकोले रोकथामका उपायहरु अवलम्वन गरी व्यापार व्यवसाय संचालन गर्न दिनको लाग सरकार सगँ माग गरेको संघका अध्यक्ष हरिराज पन्तले जानकारी दिए ।

footwear zone

विषम परिस्थतीमा पनि भित्तेपात्रो प्रकाशन गरेकोमा संयोजक दिलिपकुमार श्रेष्ठ र सदस्यहरु राजेन्द्र श्रेष्ठ तथा सन्तोष अग्रवाल प्रति संघले धन्यवाद ज्ञापन गरेको छ ।

You might also like

Comments are closed.