कसेरी मार्गमा ढलान बाटाे निर्माण कार्य सम्पन्न

पाेखरा ।

पाेखरा महानगरपालिका १ कसेरी मार्गमा एक सय ९३ मिटर लम्वाई भएकाे ढलान बाटाे निर्माण कार्य सम्पन्न भएकाे छ ।

साढे ४ इन्च चाैडाई र ४ इन्च माेटाई भएकाे उक्त कंक्रिट ढलान बाटाे १५ लाख ७८ हजार सात सय ३६ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएकाे कसेरी मार्ग उपभाेक्ता निर्माण समितिका अध्यक्ष राजाराम पाैडेलले नागरिक पारदर्शिताका लागि लेखापरिक्षण सार्वजनिक गर्दै जानकारी गराएका छन् । जसमा १२ लाख ६२ हजार ९ सय ८९ रुपैयाँ पाेखरा महानगरपालिका र तीन लाख १५ हजार ७ सय ४७ रुप‌ैयाँ स्थानिय उपभाेक्ताबाट प्राप्त भएकाे अध्यक्ष पाैडेलले स्पष्ट पारे ।

footwear zone

गत वर्ष फागुन २१ गते याेजना सम्झाैता गरेर २५ गतेदेखि काम शुरु गरेकाे समितिले याेजना सम्पन्न हुने मिति भन्दा १५ दिन अगावै काम सम्पन्न गरेकाे हाे । समितिले २०७७ जेठ ३० गते काम सक्ने सम्झाैता गरेकाे अध्यक्ष पाैडेलकाे भनाई छ ।

You might also like

Comments are closed.