पोखरा । पोखराका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले सतर्कता अपनाइएको जनाएको छ । काठमाडौंमा उपचाररत कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ८ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।
केस अनुसन्धान तथा कन्ट्रयाक ट्रेसिङसहित अन्य प्रक्रिया शुरु भइसकेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए । कोरोना संक्रमित व्यक्तिलाई ३ दिन अगाडि पोखराबाट हेलिकोप्टरमा उद्धार गरी काठमाडौं लगिएको थियो ।





Comments are closed.