भारतबाट पोखरा आएर क्वारेन्टाइनमा बसेका थिए तेस्रो संक्रमित, स्थायी घर पर्वत

पोखरा । पोखरामा कोरोना संक्रमित भएका तेस्रो व्यक्तिको स्थायी ठेगाना पर्वतको जलजला भएको पुष्टि भएको छ । उनी भारतबाट सुनौली हुँदै पोखरा आएका थिए ।

रोजगारीको शिलशिलामा भारतको दिल्लीमा रहेका ४२ वर्षीय ती पुरुष जेठ १६ गते पोखरा आएका थिए । संक्रमित पुरुषका दाजुभाउजू पोखराको नयाँबजार बस्ने भएकाले उनले आफ्नो ठेगाना पनि नयाँबजार उल्लेख पोखरा महानगरपालिकाका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

संक्रमित पुरुष पोखरा आएपछि वाराही माविको क्वारेन्टाइनमा बस्दै आएको आचार्यले जानकारी दिए । संक्रमित पुरुष क्वारेन्टाइनमा रहेकाले धेरैसँग सम्पर्क नभएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी थिए ।

You might also like

Comments are closed.