वहाल छुट सरकारी निकायबाट सुरुवात गर्न चेम्बरको माग

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले सबै उद्योग व्यवसाय बन्द भएको अवस्थामा घर वहालमा छुट दिन सरकारी निकायलाई आग्रह गरेको छ ।

चेम्बरले सबै सरकारी निकायलाई पत्राचार गरी कोरोना भाइरस (कोभिड १९)को रोकथाम नियन्त्रणको लागि लगाएको लकडाउनको कारण बन्द भएका उद्योग व्यवसायलाई घर भाडामा छुट दिएर राहातको अनुभुती दिलाउन आग्रह गरेको हो ।

चेम्बर अफ कमर्स कास्कीका बस्तुगत तर्फका उपाध्यक्ष तथा कोभिड १९ नियन्त्रण तथा न्युनिकरण उच्च स्तरीय समन्वय समितिका संयोजक यमनाथ पौडेलले सरकारको पूर्ण वा आसिंक स्वामित्वमा रहेका संस्थान वा कार्यालय, बैक तथा वित्तिय संस्था, विद्यालय, अस्पताल, खाद्य संस्थान, साल्टट्रेडिङ जस्ता संस्थालाई वहाल छुटको लागि पत्राचार गरेको जानकारी दिए ।

footwear zone

चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोलाले वहालमा लगाएका सरकारी निकायले छुट दिएको खण्डमा मारमा परेका उद्योगी व्यवसायीलाई ठुलो राहात पुग्ने बताए । चेम्बरले पोखरा महानगरपालिकाले लक डाउनको मारमा परेका व्यवसायीलाई तिन महिनाको घर वहालमा छुट दिएकोमा आभार प्रकट गरेको छ ।

You might also like

Comments are closed.