होटल सञ्चालकलाई लेकसाइडका घरभेटीले दिए घरभाडामा छुट

पोखरा । पोखराको लेकडाइडस्थित स्ट्रिट नं. ५ अम्बोट मार्गमा रहेको होटल मुन स्टोन प्रालिलाई घरभेटीले घरभाडामा विशेष छुट दिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) का कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै मनकारी घरभेटी मन्धरा ढकालले घरभाडामा ५० प्रतिशत छुट दिएकी हुन् ।

footwear zone

पर्यटन व्यवसायमा असहज परिस्थिति हुँदासम्मका लागि घरभाडामा ५० प्रतिशत छुट दिने प्रतिबद्धता आएको होटलका सञ्चालक सुनादेवी श्रेष्ठले जानकारी दिइन् ।

विषम परिस्थितिमा घरभेटीबाट घरभाडामा छुट प्राप्त हुँदा आफूहरुलाई राहत भएको अर्का सञ्चालक विकास भुर्तेलले बताए ।

‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन व्यवसायमा धेरै मर्का परेको छ,’ ढकालले भनिन्, ‘यो विषम परिस्थितिमा घरभाडामा छुट दिदा होटल सञ्चालकलाई राहत हुने महसुस गरेको छु ।’

You might also like

Comments are closed.