सरकारको निर्णय विरुद्ध यातायात व्यवसायी आन्दोलित

पोखरा, ११ बैशाख ।

सरकारले यातायात संघसंस्था तथा समितिको नवीकरण नगर्ने निर्णय बिरुद्ध व्यवसायी आन्दोलनमा उत्रिएका छन् । यसैक्रममा उनीहरुले मंगलबार पोखरामा कोण सभाको आयोजना गरेका छन् । नेपाल यातायात व्यवसायी मूल आन्दोलन समिति प्रदेश ४ को आयोजनामा पोखराको मानवअधिकार चोकमा कोणसभा आयोजना गरिएको हो ।

कोणसभालाई सम्बोधन गर्दै आन्दोलन मूल आयोजक समिति संयोजक भानुभक्त बरालले सरकारले हचुवाको भरतमा संघसंस्था खारेजी गर्ने तथा नवीकरण नगर्ने निर्णय गरेको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरे । मूल आन्दोलन समितिका सहसंयोजक भानुभक्त अधिकारीले यातायात व्यवसायीमाथि सरकारले अन्यायपूर्ण निर्णय लिएको बताए । कार्यक्रममा बोल्दै आयोजक कमिटिका सदस्य अमृत शर्मा तिमिल्सिनाले सरकारले वार्ता र संवादबाट निकास निकाल्नुपर्ने धारणा राखे ।

footwear zone

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको सहभागितामा व्यवसायीहरु आन्दोलनमा छन् । माग पुरा नभए सार्वजनिक बसहरु बन्द गरेर घर ग्यारेजमा थन्क्याउने सम्मको धम्की व्यवसायीले दिएका छन् ।

You might also like

Comments are closed.