स्थापनाको १ बर्षमा नै दुई क्लब खोल्न सफल बाराही टाउन

पोखरा ।
लायन्स क्लब अफ पोखरा बाराही टाउनले दुई नयाँ क्लव स्थापना गरेको छ । लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि वानका गर्भनर  मन बहादुर रोक्काको प्रमुख अतिथ्यतामा दुई वटा क्लब लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा युनियन टाउनको स्थापना गरेको हो ।

संस्थापक अध्यक्षमा गण्डकी प्रदेशबाट कोपिला श्रीस र युनियन टाउन बाट नारायण तिवारी रहेका छन् ।
कार्यक्रममा वोल्दै गर्भनर रोक्काले बाराही टाउन खुलेको छोटो समयमा नै उत्कृष्ट काम गर्न सफल भएकोमा प्रसंसा गर्दै आगामी दिनमा पनि सफलताको कामना व्यक्त गरे । साथै नयाँ क्लबका अध्यक्षलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरे । क्लबलाई उच्च स्थानमा पु¥याउन सफल भएकोमा संस्थापक अध्यक्ष रोजी श्रेष्ठ, वर्तमान अध्यक्ष आरती अधिकारी तथा क्लवलाई बधाई दिए । दुबै अध्यक्षलाई गभर्नर मन बहादुर रोक्काले चार्टर पिन बाट सम्मान गरेका थिए ।

footwear zone

कार्यक्रममा द्धितिय भाईस गर्भनर महेन्द्र पौडेल, पिआरओ ईन चिफ। राम बसेल, को चिफ एडभाईजर बिनोद ढुंगाना, क्लब सस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट चियरसर्पन रोजि श्रेष्ठले नयाँ क्लबलाई कार्यकाल को शुभकामना तथा बधाई दिएका थिए । कार्यक्रम बाराही टाउनका सचिब लक्ष्मी न्यौपानेले संचालन गरेकी थिईन् ।

You might also like

Comments are closed.