पोखरा रंगशालामा स्विमिङ पुल बन्ने

पोखरा, १९ बैशाख ।

पोखरा रंगशालामा स्विमिङ पुल निर्माण कार्यलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले अघि बढाउने भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको बुधबार सम्पन्न छैटौं बोर्ड बैठकको निर्णयले बहु प्रतिक्षित स्विमिङ पुल परियोजना निर्माण कार्यलार्ई अघि बढाउने भएको हो ।

बैठकको निर्णय बारे जानकारी दिंदै समितीका अध्यक्ष खगराज पौडेलले लामो समय देखिको स्विमिङ पुल निर्माण कार्य सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडलमा बनाउने बताए । उनले भने–“सँंधै राज्यको मुख ताक्दा खेलकुदका पूर्वाधार बन्न वर्षौ कुर्न पर्ने भएकोले पनि यो मोडललाई अघि सारेका हौं ।” उनले प्रष्टाउँदै भने–“अब पनि व्यापारिक प्रतिष्ठानहरुलाई खेलकुद भित्र प्रवेश नगराउने हो भने खेलकुदको बिकास अघि बढन सक्दैन ।”

footwear zone

करिब ३० देखि ३५ करोडको लागतमा निर्माण हुने स्विमिङ पुल अन्तर्राष्टिय स्तरको आधुनिक डिजाइनको हुने अध्यक्ष पौडेलले बताए । स्विमिङ पुलको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत क्षेत्रिय खेलकुद बिकास समितीले तयार गर्ने जानकारी दिए । उनले अब छिट्टै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि प्रस्ताव आह्वान गर्ने समेत बताए । स्विमिङ पुल निर्माण कार्य पिपिपि मोडलमा अघि बढाउन राष्ट्रिय खेलकुद परिषदले स्विकृत प्रदान गरे पछि अध्यक्ष पौडेलले बैठकमा सोझै यो प्रस्ताव लगेका थिए ।

पोखरा रंगशालामा स्विमिङ पुल निर्माणका लागि करिव ३० रोपनी जग्गा छुट्टाइएको छ । त्यसै गरि बैठकले १३ औ दक्षिण एशियाली खेलकुद (साग) को तयारीका लागि रंगशाला भित्र निर्माण हुन लागेका पूर्वाधारहरु समयमा नै सक्ने गरि सुरु गर्ने बताए । पोखरामा सागका लागि ५ खेल हरु घोषणा गरिएको छ । जस मध्ये फुटबल प्यारापिट र ह्याण्डबल खेल मैदान निर्माण कार्यलाई यथासिघ्र पहल थाल्ने अध्यक्ष पौडेलले बताए ।

You might also like

Comments are closed.