काठमाडौं । काठमाडौंका अधिकांस निजी तथा सरकारी अस्पतालका चमेना गृहहरुले कोरोना जोखिमको समयमा सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका उल्लंघन गरेका छन् । चमेना गृहहरुले सामाजिक दुरी कायम नगरी गम्भिर लापारबाही गरेको पाइएको हो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले विभिन्न सार्वजनिक ठाउँको अध्ययन गरेको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नेतृत्वमा राजधानीका विभिन्न २३ वटा सार्वजनिक स्थलहरुमा स्थलगत अवलोकन तथा सर्वेक्षण गरिएको थियो ।
सो अवलोकनका क्रममा काठमाडौंका अस्पतालका चमेना गृहहरुमध्ये २० प्रतिशतले मात्रै सामाजिक दूरीको नियम पालना गरेको पाइएको आइतबार आयोजित पत्रकार सम्मेलनमा परिषदका निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।




Comments are closed.